You are viewing the translated version of प्रदेश प्रहरीमा समायोजन भएका प्रहरी कर्मचारीको सरुवा तथा बढुवा सम्बन्धी व्यवस्था.

Section 14
प्रदेश प्रहरीमा समायोजन भएका प्रहरी कर्मचारीको सरुवा तथा बढुवा सम्बन्धी व्यवस्था
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम प्रदेश प्रहरीमा समायोजन भएका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी सम्बन्धी कानून बमोजिम प्रदेशको सम्बन्धित अधिकारीले सो प्रदेशभित्र सरुवा गर्न सक्नेछ।
(२) यस ऐन बमोजिम प्रदेश प्रहरीमा समायोजन भएका र बढुवाको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता र सेवा अवधि पूरा गरेका प्रहरी कर्मचारी समायोजन भएको प्रदेश प्रहरीको रिक्त पदमा बढुवाको लागि उम्मेदवार हुन सक्नेछन्‌।